३ कार्तिक २०८३, मंगलबार

प्रदेश नामाकरण हुन नपाउँदै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिराटनगर, १२ पुस। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका सांदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

३६ जना सांसदले इन्द्र आङ्वो नेतृत्वमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउँदै भीम आचार्यलाई मुख्य मन्त्रीका लागि सिफारिस गरिएको छ।

प्रस्तावको समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रदेश १ मा ९३ सांसद छन्। तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन्।

प्रदेश सरकारले ७ माघका लागि संसद बैठक आह्वान गरेको थियो। प्रदेश सरकारले अहिलेसम्म प्रदेश नामाकरण गर्न सकेको थिएन। त्यसअघि नै सरकार गिराउने खेलको औपचारिक सुरुआत भएको हो।