
बिराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेसँगै आज बिहानै थप तीन जना मन्त्रीले सामूहिक राजीनामा गरेका छन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वासले राजस्नामा गरेका हुन् ।
उनीहरुको राजीनामासँगै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याउने तयारी गरिएको बताइएको छ ।
आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भएसँगै मुख्यमन्त्री राईले शनिबार मन्त्री आङ्बोलाई कारबाही गरेका थिए । तर, उनको कारबाहीबाट आक्रोशित बनेका प्रचण्ड–माधव समूहले तत्काल राईविरुद्ध अविश्वासको प्रस्ताव तयारी गरेका छन् ।















प्रतिक्रिया