आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

कोरोनाभाइरसको नयाँ प्रकार विश्वभर देखिन थाल्यो

दैनिक नेपाल २०७७ पुष १२ गते ९:४१

लण्डन, १२ पस । जापानमा पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ ।

अझ बढ्ता सङ्क्रामक पाइएको कोभिड–१९ को नयाँ प्रकार यूकेबाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि गरिएको बीबीसीले जनाएको छ ।

स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको छ।

भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए ।

जापानमा सबैभन्दा पहिले यूकेबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो । त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ ।

जापानले सोमवारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ । फ्रान्समा १९ डिसेम्बरमा यूकेबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले यूकेसँग सीमा बन्द गरेको थियो ।

परीक्षण गरेर आउजाउ गर्न सकिने भन्दै गत बुधवारबाट युरोपेली सङ्घका नागरिकहरूका लागि त्यो निर्णय हटाएको थियो । प्रतिबन्धका कारण हजारौँ लरी ड्राइभरहरूले क्रिसमसको दिन यूकेको केन्टमा दिन बिताएका थिए ।

यसअघि डेनमार्क, जर्मनी, इटली, द नेदरल्याण्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भएको थियो ।

यसैबीच कैयौँ युरोपेली देशहरूले आफ्ना नागरिकहरूलाई भाइरसविरुद्ध खोप दिन सुरु गरेका छन् । त्यस्तो काम आइतवारबाट पूरै युरोपेली सङ्घमा समन्वयात्मक ढङ्गले सुरु गर्नु अगावै गरिएको हो ।

जर्मन अधिकारीहरूले आफूहरू थप एक दिन पर्खन सक्ने अवस्थामा नभएको भन्दै जेष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित