शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग चेल्सी पराजित

दैनिक नेपाल २०७७ पुष १२ गते ९:३४

लण्डन, १२ पुस । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा कमजोर प्रदर्शन गर्दै आएको आर्सनलले चेल्सीलाई भने ३–१ गोलले स्तब्ध पारेको छ ।

प्रिमियर लिगमा आर्सनलले खराब प्रदर्शन गरिरहेको छ । एकपछि अर्को खेलमा नतिजा विपक्षी टिमलाई सुम्पिँदै आएको थियो ।

पछिल्लो सात खेलमा आर्सनलले जित निकाल्न सकेको थिएन। पछिल्लो सात खेलमध्ये ५ खेलमा हार दुई खेलमा बराबरी खेलेको आर्सनल टिमको आलोचना पनि भइरहेको थियो ।

शनिबार राति भने प्रिमियर लिगमा राम्रो खेलिरहेको टिम चेल्सीलाई ३–१ गोलले पराजित गर्न सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित