
काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग्गिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीमबहादुर रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रावलले यस्तो बताएका हुन् । उनले नेकपाको सात दशक लामो इतिहासमा अहिले जे घट्ना भइरहेको छ यो अत्यन्तै दुःखद् रहेको समेत बताएका छन् ।
‘विगतका फूटका श्रृंखलाको अन्त्य गरेर नेपाली जनताको स्वाभिमानलाई उँचो पारेर अघि बढ्छौं भनेर स्वयम ओली र प्रचण्डले प्रतिज्ञा गर्नुभएको थियो । तर, ओली त्यो प्रतिज्ञामा टिक्नुभएन’, रावलले भने, ‘भारतीय विदेशमन्त्रीलाई आमन्त्रण गरेर गलत काम र कदम चाल्नुभयो ।’















प्रतिक्रिया