३ कार्तिक २०८३, मंगलबार

पार्टी फुटको साक्षी नबन्ने अडान लिएका बामदेव गौतम खुमलटार पुगे

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम भूतपूर्व कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । पार्टी फुटको साक्षी नबन्ने अडानमा बसेका गौतम एकाएक खुमलटार पुगेका छन् ।

खुमलटारमा प्रचण्ड–नेपाल पक्षका नेताहरु पनि गौतमसँग छलफलमा सामेल भएको बताइएको छ ।

यद्यपि, गौतम पक्षका केही नेताहरु भने ओली पक्षमा लागेर मन्त्री भइसकेका छन् ।