सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

इथियोपियामा जुन महिनामा संसदीय निर्वाचन

दैनिक नेपाल २०७७ पुष ११ गते ८:४४

FILE PHOTO: Ethiopian Prime Minister Abiy Ahmed address the media after inspecting ongoing developments at the new 32-berth Lamu Port in Lamu County, Kenya December 9, 2020. Presidential Press Service/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY./File Photo

लण्डन, ११ पुस । द्वन्द्वग्रस्त इथियोपियामा आउँदो जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको छ ।

जुन ५ मा चुनाव गर्ने गरी मिति घोषणा गरेको इथियोपियाको निर्वाचन आयोगले जनाएको छ । सन् २०२० मै चुनाव गर्ने तालिका भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो ।

देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो ।

इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तीमा सय जनाको ज्यान गएको इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ । इथियोपियामा द्वन्द्व र हिंसात्मक घटना बढेसँगै मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बन्दै गएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित