
काठमाडौं । साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गीतको भिडियोमा पछिल्लो समय म्यूजिक भिडियोमा अत्याधिक व्यस्त रहेकी नायिका एलिजा गौतम र स्वयम् गायक सनिश श्रेष्ठको अभिनय रहेको छ ।
साईपल क्रियसनको अफिसियल युट्युबबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ । युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका हुन् ।
भिडियो–















प्रतिक्रिया