
काठमाडौं, १० पुस । तत्कालीन नेकपा (माओवादी) मा छँदा मधेशका बलियो खम्बाका रुपमा चिनिने नेकपा सांसद एवं केन्द्रीय सदस्य प्रभु साह प्रचण्ड–माधव समूह छोडेर पार्टीको संस्थापन समूहमा फर्किएका छन् ।
पार्टीमा विभाजन आएसँगै प्रचण्ड–माधव समूहमा खुलेका नेता साह यसअघि सम्पन्न उक्त समूहको दुई वटा केन्द्रीय कमिटी बैठकमा समेत सहभागी भएका थिए । प्रचण्ड–माधव समूहले मंगलबार र बिहीबार आयोजना गरेको बैठकमा सहभागी भएका साह अन्ततः शुक्रबार नेकपाको संस्थापनतिरै फर्किएका छन् ।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह संस्थापनमा फर्किएसँगै उनी शहरी विकासमन्त्री समेत बनेका छन् । उनको साथमा दर्जनौं केन्द्रीय सदस्यहरु पनि संस्थापन समूहमा फर्किएको उनले दाबी गरेका छन् ।
तत्कालीन नेकपा (माओवादी)मा रहँदा उनलाई सो पार्टीभित्र मधेशको बलियो खम्बाका रुपमा चिनिने गरिन्थ्यो । उनी संस्थापनतर्फ मोडिएसँगै मधेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राम्रो उपस्थिति रहने विश्वास समेत गरिएको छ ।
विभाजित प्रचण्ड–माधव समूहमा दुई जना अध्यक्ष राख्ने प्रस्तावप्रति असन्तुष्टि जनाउँदै ओलितिर फर्किएका साह यसअघि पनि पार्टी तटस्थ भूमिकामै देखिन्थे । तर, प्रचण्ड–माधव समूहबाट माधवकुमार नेपाल अध्यक्ष बनेपछि साह थप असन्तुष्ट बनेर ओलीतिर फर्किएका हुन् ।
नेपाल र साह रौतहटकै हुन् । यद्यपि एकै जिल्लावासीको नेतृत्व स्वीकार गर्न साह राजी भएनन् । यसले माधवकुमार नेपालको प्रवृत्तिप्रति थप शंसय समेत पैदा गराएको छ भने सो समूहबाट क्रमशः नेता–कार्यकर्ताहरु संस्थापनतर्फ फर्किने अनुमान गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया