
काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम आज साँझ ७ बजेका लागि तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सपथबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रभु साहलाई श्रम, मणि थापालाई पर्यटन, दावा लामालाई शिक्षा, गौरीशंकर चौधरीलाई खानेपानी र टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्री बनाउने तयारी छ ।
नेकपाभित्रको आन्तरिक विवादका कारण ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ मन्त्री र राज्यमन्त्रीहरु कायम छन् ।















प्रतिक्रिया