३ कार्तिक २०८३, मंगलबार

हामीले ल्याएको गणतन्त्र केपी ओलीले पछि मात्रै स्वीकारेका हुन् : प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा गणतन्त्र ल्याउने काममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको कुनै भूमिका नरहेको दाबी गरेका छन् ।

प्रचण्ड–माधव समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै दाहालले गणतन्त्र र संघीयता ओलीले नरुचाएको समेत बताएका छन् ।

आफूले माओवादी, माधव नेपालले एमाले र अन्य व्यक्तिहरु फरक–फरक दलको नेतृत्वमा रहेको चर्चा गर्दै दाहालले गणतन्त्र स्थापनामा ओलीको कुनै भूमिका नभएको जिकिर गरेका हुन् ।

‘हामी सबैलाई थाहा छ, हामी लोकतन्त्र, गणतन्त्र र संघीयताको कुरा गरिरहँदा उहाँ ‘बयलगाढा’को कथा सुनाउँदै हुनुहुन्थ्यो’, दाहालले भने, ‘गणतन्त्र स्थापनापछि उहाँले अब त म पनि स्वीकार गर्छु भन्नुभयो, त्यो हामीले मान्यौं तर होइन रहेछ, उहाँप्रति हामीले गलत बुझिरहेका रहेछौं ।’

‘उहाँ त मौका पाएपछि डसौंला र सबै उल्ट्याउँला भनेर बस्नुभएको रहेछ’, दाहालले भने ।