३ कार्तिक २०८३, मंगलबार

प्रधानन्यायाधीशको प्रश्न, जनमतप्राप्त दलले जनतामा जान्छु भन्दा जबरजस्ती रोक्ने हो र ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा जबरजसती रोक्न नहुने तर्क गरेका छन् ।

सरकार छाडेर पुनः जनतामा जान्छु भन्ने दललाई तिमी सरकार नै चलाऊ भन्ने हो र ? भनेर प्रश्न गर्दै कानून व्यवसायीहरुसँग सवालजवाफ नै गरेका छन् । आज शुक्रबार संवैधानिक इजशालमा भएको वहशका क्रममा प्रधानन्यायाधीश राणाले सो सवाल–जवाफ गरेका हुन् ।

बहशका क्रममा कानून व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने धारणा राखेपछि जबराले उक्त प्रश्न सोधेका थिए ।

राणाले भनेका छन्, ‘निर्वाचन भएर संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने हो ?’