३ कार्तिक २०८३, मंगलबार

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरको १३औं वार्षिकोत्सव मानव सेवा आश्रममा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । विगत १३ वर्षदेखि सञ्चालित रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १३औं वार्षिकोत्सव यसपाली फरक ढंगले मनाएको छ ।

अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाइमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ वर्ष २०२१ तथा क्रिसमसको उपलक्ष्य पारेर १३औं वार्षिकोत्सव काठमाडौंको बुढानिलकण्ठमा अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना वृद्ध–वृद्धाहरुलाई भोजन गराएर तथा अन्य सहयोग गरेर मनाएको छ ।

बिगत १३ वर्षदेखि सौन्दर्य प्रति सचेत सम्पूर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर काठमाडौं मल, बिजी मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

व्यापार व्यवसाय कोभिड–१९ को कारणले ठप्प भइरहेको अबस्थामा तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठका बुवा धादिङ जिल्लाका पहिलो कानुन ब्यबसायी तथा बरिष्ट समाजसेवी स्व. गोविन्दबहादुर श्रेष्ठको करिब २ महिना अगाडि स्वर्गारोहण भएको कारणले गर्दा १३औ बार्षिकोत्सवलाइ फरक शैलीमा असाहय पिडित तथा अनाथ आश्रममा सहयोग गर्दै मनाईएको संरक्षक श्रेष्ठले बताए ।

त्यसैगरी धादिङ तसर्पुमा अवस्थित गरिब जनताहरुलाई निःशुल्क जनभोजन कार्यक्रममा आर्थिक सेवा गरिने भएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिस्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै तेर्हौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा प्रकाश श्रेष्ठले उक्त अबसरमा बताए ।

काठमाडौं मल, बिजीमल पछि अब छिट्टैनै यहि बर्ष अति सुन्दर,अझै ब्यबस्थित काठमाडौंको मुख्य स्थानमा अर्को भब्य आउटलेट खोल्ने तयारि भईरहेको समेत श्रेष्ठले जानकारी गराएका छन् ।