३ कार्तिक २०८३, मंगलबार

मोटरसाइकल चोरी गर्ने दुई जना तीन वर्षपछि पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । मोटरसाईकल चोरी गर्ने दुई जनालाई प्रहरीेले बिहीबार पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले ललितपुर लगनखेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार छन् ।

बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सीसी मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

भट्टराइृका अनुसार काठमाडौं कपनबाट हराएको भनि अभिषेक ढकालले हुलियासहितको निवेदन मिति २०७४ असोज ९ गते महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।