
झापा, १० पुस । दुई जना छिमेकी मिलेर अर्का एक जना छिमेकीको हत्या गरेका छन् ।
मेचीनगर नगरपालिका–९ का पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–९ का ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भनिने २८ बर्षीय भुखन किसान छन् ।
पर्शुराम आफ्नै घरअगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानकाका क्रममा बुधलाल र भुखन पक्राउ परेका हुन् ।
संघीय ईकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले बुधलाललाई उनकै गाउँघर र भुखनलाई मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट पक्राउ गरेको हो ।
पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातीसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरु बीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिम समेत प्रहरीले बरामद गरेको बताएको छ ।
उनीहरु उपर जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















प्रतिक्रिया