सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

कोरोना संक्रमण फैलिन नदिन इजरायलमा लकडाउन घोषणा

दैनिक नेपाल २०७७ पुष १० गते ११:३१

इजरायल, १० पुस । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन भन्दै इजरायलमा पुनः लकडाउनको घोषणा गरिएको छ ।

आगामी आइतबारदेखि लागू हुने गरी त्यहाँ तेस्रो चरणको पूर्ण लकडाउन शुरु हुन लागेको हो । लकडाउन देशव्यापी हुने इजरायली प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लकडाउन तत्कालका लागि दुई हप्ताका लागि भए पनि आवश्यकताअनुसार लम्ब्याउन सकिने जनाइएको छ । लकडाउनमा घरदेखि एक हजार मिटरभन्दा टाढा जान नपाइने तथा एक स्थानबाट अर्को स्थानमा गएर बस्न समेत पाइने छैन ।

त्यस्तै तल्लो तहमा पूर्व प्राथमिक, एकदेखि कक्षा ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालनको अनुमति रहने छ ।

व्यावसायिक तथा व्यापारिक कार्यालय बन्द हुने छन् तर अत्यावश्यक सेवाका कार्यालय भने खुला रहने छन् । त्यस्तै घरबाटै काम गर्न प्रोत्साहन गरिने छ भने सार्वजनिक सवारीमा आधा संख्यामा मात्रै यात्रु राख्ने व्यवस्था गरिएको छ ।

इजरायलमा हाल दैनिक ४ हजारभन्दा बढी संक्रमति थपिने गरेका छन् । दैनिक संक्रमितको संख्या १ हजारभन्दा कम नहुँदासम्म लकडाउन नहट्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित