३ कार्तिक २०८३, मंगलबार

आइसीटी अवार्डको सम्पूर्ण तयारी पूरा, १२ वटा विधामा अवार्ड प्रदान गरिँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । भोलि शनिबार हुने ‘हुवावे आइसिटी अवार्ड’को सम्पूर्ण तयारी पूरा भएको छ ।

सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी आवार्डको पाँचौं संस्करण भोलि शनिबार होटेल सोल्टीमा हुने आयोजकले जनाएको छ ।

कोरोना महामारीकाबीच सूचना प्रविधिको प्रयोग गरी अवार्डको छनोट प्रक्रिया पूरा गरिएको थियो । स्वास्थ्य मापदण्डको पालना गर्दै यसको ग्राण्ड फिनाले हुन लागेको हो । छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वासिलो भएको भन्दै आयोजकले यो अवार्ड नेपालमै उदाहरणीय हुने दावी गरेको छ ।

अवार्डमा गत वर्ष ११ विधा मात्रै रहेको भए पनि यो वर्षबाट भने एक विधा थप गरी १२ विधा पुर्यायएको छ । यो अवार्डलाई यस पटक हुवावेले मुख्य प्रायोजन गरेको छ ।

यो वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ्ग स्टुडेन्ट आइसिटी आवार्ड, एनसेल इन्नोभेसन आइसिटी अवार्ड प्रदान गरिने छ ।

त्यस्तै डिजिटल एजुकेशन, डिजिटल गभर्नेन्स, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसीटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड प्रदान गरिनेछ ।

लिभिङ्ग विथ आइसिटीको आयोजनामा हुने हुवावे आइसिटी अवार्डको ग्राण्ड फिनाले हिमालय टेलिभिज एचडीबाट प्रत्यक्ष प्रसारण हुने छ ।

के के पाउँछन् अवार्ड विजेताले ?

अवार्ड विजेताले स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसीटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर पाउनेछन् ।

यसैगरी बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्ने भएको छ भने । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसीटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । यो विधाका विजेतालाई एनसेलले सहयोग गर्नेछ ।

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि फाइबर टु होम सेवा प्रदान गर्नेछ ।

जिनियस सोलुसनले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई अमेजन क्लाउड सर्भिसको सुविधा दिनेछ । ४ विधाका सर्वोत्कृष्टलाई ई–सेवाले २५ हजार बराबरको आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज प्रदान गर्ने भएको छ ।