शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमस टुचेल बर्खास्त

दैनिक नेपाल २०७७ पुष १० गते ८:०५

लण्डन, १० पुस । पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् ।

क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् । पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय खटपट हुँदै आएको थियो । जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको प्रशिक्षक रहेका थिए ।

टुचेलको बर्खास्तीसँगै पीएसजीको नयाँ प्रशिक्षक को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । पीएसजीको प्रशिक्षक बन्ने दौडमा टोटनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो तथा एसी मिलान र युभेन्टसलाई लिग जिताएका मासिमिलानो एलेग्री चर्चामा छन् ।

अर्जेन्टिनी नागरिक पोचेटिनो पीएसजीको प्रशिक्षक बन्ने बलियो सम्भावना रहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित