शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

स्मार्टडोकोको अपडेटेड नयाँ भर्सनको एप पुनः लञ्च हुँदै

दैनिक नेपाल २०७७ पुष ९ गते २२:३४

काठमाडौं, ९ पुस । आईएमएस ग्रुपको लगानीपछि ई–कमर्श कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेबसाइटको नयाँ भर्जन अपडेटेड गरी पुनः लञ्च गर्ने भएको छ ।

यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ । यही अवसरमा स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड’ पनि ल्याएको छ । यस अफर अन्र्तगत ग्राहकले विभिन्न छूटको लाभ उठाउन सक्ने बताइएको छ ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

के–के छन् छूट ?

स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् । (न्युनतम् अर्डर भ्यालु रु. २५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागु हुनेछ)

सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टिी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ । (ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्)

ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् ।

हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ ।(न्यूनतम् अर्डर रु. २००० को हुनुपर्ने छ)

माछापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. ५०० को सिमा हुने छ ।

सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ ।

हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् । (ब्राण्डहरु : मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ)

१ रुपैया गेम (१ भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउनेछ)

२५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजे सम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराईएको छ ।

फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।

प्रतिक्रिया
सम्बन्धित