शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

स्थानीय उत्पादनहरुको प्रबर्धनमा युवाहरुको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

दैनिक नेपाल २०७७ पुष ९ गते २२:१५

पोखरा, ९ पुस । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीय उत्पादनहरुको प्रबर्धन तथाबजारिकरणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली उत्पादनहरुको बजारीकरणका लागि स्थापित पोखरा फार्मर्स टे«डर्सको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ढकालले स्थानीय उत्पादनहरुले बजार पाउन सके नेपालको ग्रामीण क्षेत्रको विकास तीब्र गतिमा हुनेमा जोड दिएका छन् ।

डोकोमार्ट अनलाइनको पहिलो भौतिक स्टोरका रुपमा शुरु गरिएको यो स्टोरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डोकोमार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली अर्थतन्त्रलाई बलियो बनाउने अभियानमा लाग्नका लागि सबैलाई अपिल समेत गरेका छन् । अध्यक्ष श्रेष्ठले भने, ‘युवाहरु उत्पादनमा लाग्नुहोस्, बजार खोज्ने काम डोकोमार्टले गर्ने छ ।’

१५ लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका–३० शिशुवामा स्थापित यो स्टोरमा किसानहरुको उत्पादनलाई रिफाइन गरी ग्राहकहरुलाई उपलब्ध गराउने तयारी भएको स्टोरका प्रोपाइटर सुनिल तिमिल्सेनाले जानकारी दिए ।

स्टोरमा गेडागुडी, मह, पिठो, कफि, अचार, बेकरी, पेन्टिङ्ग, तरकारी, सफाई सामाग्री जस्ता एक सय बढि सामाग्रीहरु किन्न पाइन्छ । साथै स्टोरका सामग्रीहरु डोकोमार्टबाट समेत अनलाइन अर्डर गर्न सकिने स्टोरकी प्रबन्धनिर्देशक अञ्जली पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित