३ कार्तिक २०८३, मंगलबार

नेपाली सैनिकद्धारा मिशन म्यान्डेट प्राप्तिमा योगदान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिकको एक शहरलाई विद्रोहीको कब्जामा पर्नबाट जोगाएका छन् ।

नेपाली मिति अनुसार आगामी पुस १२ गते हुने त्यहाँको आम निर्वाचनमा पूर्व राष्ट्रपति फ्रेंकोइस बोजीजलाई निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित गरेपछि त्यहाँको प्रमुख शहर बम्बारीमा सशस्त्र विद्रोहले उग्ररुप लिएको छ ।

सोही कारण निर्वाचन हुने वा नहुने भन्ने अनिश्चितता बढ्दै गएको परिस्थितिमा विपक्षी राजतीतिक दलहरुले पनि शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारलाई अनुरोध गरेका छन् ।

यसैबीच विद्रोही समुहहरुले देशको उत्तर–पश्चिम र दक्षिणी भू–भागबाट आक्रमण शुरु गरी राजधानी बांगुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् भने उक्त प्रयासलाई रोक्न त्यहां तैनाथ शान्ति मिशन एमआईएनयूएससीएले शान्ति सैनिकहरुलाई सरकारी सेनालाई मद्धत पुर्‍याउन निर्देशन दिएको छ ।

अनिश्चित र संवेदनशील सुरक्षा अवस्था रहे पनि शान्ति मिशनको निर्देशन बमोजिम आगामी निर्वाचनका लागि सुरक्षित वातावरण बनाउन नेपाली शान्ति सैनिकहरुले आफ्ना सुरक्षात्मक गतिविधीहरु वृद्धि गर्नाका साथै विभिन्न कारवाहीहरु सञ्चालन गरिरहेको नेपाली सेनाले जनाएको छ ।