
काठमाडौं, ९ पुस । प्रेस संगठन नेपालका नेताद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बनेका छन् ।
अर्याल साविक प्रेस चौतारीका पूर्वअध्यक्ष र बस्नेत केन्द्रीय अध्यक्ष हुन् । हाल अर्याल न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष छन् भने बस्नेत एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको पार्टी नेकपासम्वद्ध प्रेस संगठन नेपालका सह–संयोजक छन् ।
पत्रकार बस्नेत हाल जनता टाइम्स डटकमको प्रकाशक संस्था सुयोग मिडिया हाउस प्रालिमा अध्यक्ष छन् ।















प्रतिक्रिया