१० कार्तिक २०८३, मंगलबार

भूकम्पपछिको सामाजिक–आर्थिक पुनर्स्थापनामा भएका प्रयासबारे पुस्तक सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । भूकम्पपछिको सामाजिक–आर्थिक पुनर्निर्माणमा भएका पहलहरुका अनुभवहरु समेटेर प्रकाशित पुस्तक सार्वजनिक गरिएको छ ।

विभिन्न संस्थाहरुको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा प्रकाशित ‘द राइजिङ फ्रम द रुइन्सः एक्सपेरियन्सेस इन लाइभ्लिहुड इन्टरभेन्सन्स्’ पुस्तक सार्वजनिक गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुस्तक विमोचनपछि मन्तव्य राख्दै प्राधिकरणले भौतिक पुनर्निर्माणसँगै सामाजिक–आर्थिक पुनर्निर्माणलाई अगाडि बढाउन यथेष्ट जोड दिएको उल्लेख गरे । ज्ञवालीले यी अनुभव तथा पहलहरुको अनुभव आगामी पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा मन्तव्य राख्दै प्राधिकरणका सचिव सुरेश आचार्यले जीविकोपार्जन र आर्यआर्जनको क्षेत्रमा प्राधिकरणको अभियानलाई सहयोग गर्ने सबै संस्थाहरुलाई धन्यवाद दिए । पुस्तक पुनर्निर्माण र पुनस्र्थापना प्रयासहरुको महत्वपूर्ण अभिलेख भएको आचार्यको जोड थियो ।

पुस्तकमा प्राधिकरणका कार्यकारी समिति सदस्य डा.विष्णु बहादुर भण्डारीसहित १८ विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिका अनुसन्धानमा आधारित आलेखहरु समाविष्ट छन् ।

कार्यक्रमका प्राधिकरणका कार्यकारी समिति सदस्यद्वय डा. चन्द्रबहादुर श्रेष्ठ, डा. हरिराम पराजुली, पुस्तक प्रकाशनमा सहयोग गर्ने तथा आलेख उपलब्ध गराउने संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।