
सुनसरी, ९ पुस । बराहक्षेत्र नगरपालिका २ जब्दिमा को.२ त ६६४० नम्बरको ट्याक्टरमा सुनसरी भरोल सिँचाई आयोजनाको जमिनबाट माटो लोड गर्ने क्रममा माटोको ढिस्को झरेर पुरिँदा एक जना युवकको मृत्यु भएको छ ।
त्यही ट्याक्टरमा काम गर्ने सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने १९ वर्षीय आशिस सदाको वुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया