१० कार्तिक २०८३, मंगलबार

नेकपा ओली पक्षले तोक्यो यी नेतालाई सातै प्रदेशका इन्चार्ज

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सात वटै प्रदेशका जनवर्गीय संगठनको इन्चार्ज चयन गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशका जनवर्गीय संगठनको इन्चार्ज तोकेको हो ।

प्रदेश–१ मा सुवास नेम्वाङ, प्रदेश–२ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, वागमती अन्तर्गत उपत्यकामा कृष्णगोपाल श्रेष्ठलाई बैठकले इन्चार्ज तोकेको हो । त्यसैगरी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट इन्चार्जको रुपमा चयन भएका छन् ।

त्यस्तै, जनसंगठनको इन्चार्जको रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् ।