
काठमाडौँ, ९ पुस । नेकपाको प्रचण्ड-नेपाल समूहले आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार थापाथलीमा बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रममा पुस १० गते सो पक्षका केन्द्रीय सदस्यहरु माइतीघरमा भेला भएर प्रदर्शन गर्ने तय भएको छ । त्यस्तै, त्यसपछि निर्वाचन आयोग पुग्ने र २ बजे पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
त्यस्तै, ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ ।
पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।
त्यसपछि विभिन्न चरणमा जाँदै नेपाल बन्द गर्ने सम्मका कार्यक्रमहरु घोषणा गरिएको छ ।















प्रतिक्रिया