
काठमाडौँ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठक बसेको छ ।
बैठकमा ब्यानरको पृष्ठभूमि परिवर्तन गरिएको छ । बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ ।
मंगलबार हसियाँ हथौडा मात्रै राखेकोमा बिहीबार सूर्य चिन्ह पनि राखिएको छ । त्यस्तै, आजको ओली पक्षीय बैठकमा पूर्वमाओवादी पक्षका नेता रामबहादुर थापा बादल पनि सहभागी भएका छन् ।
यसअघि कुनै समूहमा पनि उपस्थिति नजनाएका थापा बिहीबारको बैठकमा केपी ओलीको दायाँतर्फको बसेका छन् । त्यस्तै, बायाँतर्फ नेता ईश्वर पोखरेल छन् । पहिलो लहरमा पूर्वमाओवादीका टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सँगै बसेका छन् ।
त्यसैगरी ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको तस्बिर राखेको छ ।
हालसम्म नेकपाको औपचारिक रुपमा विभाजनको घोषणा हुन बाँकी छ । यद्यपि ओली तथा प्रचण्ड नेपाल पक्षले आआफ्नै तरिकाबाट अघि बढ्न थालेका छन् ।















प्रतिक्रिया