
काठमाडौं, ९ पुस। अहम् मौकामा नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले दोस्रो पटक राजनीतिक असहमति राख्दै पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।
नेकपाका कुनै पनि भेलामा सहभागी नभएका उनलाई आफ्नो समूहमा आउनका लागि पटक–पटक प्रचण्डले गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेका थिए।
बादलसँगै लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा पनि ओली समूहको बैठकमा सहभागी भएका छन्।
‘प्रचण्डले निक्कै कुटील चाल चली अनर्गल प्रचार गराउन लगाई बादल बादलसँगै लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा कोशिश गरेका थिए, सफल भएनन्’, एक नेताले भने।















प्रतिक्रिया