
काठमाडौँ, ९ पुस । जसपाका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर संसद बैठक बोलाउन आह्वान गरेका छन् ।
संसद बैठक बोलाउने निर्णय लिएको जसपाले बिहीबार सभामुख सापकोटालाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
सिंहदरबारमा जसपाका नेताहरु उपेन्द्र यादव, बाबुराम भट्टराई, लक्ष्मणलाल कर्णले सभामुखसँग छलफल गरिरहेका छन् ।
प्रतिनिधिसभा विघटन नभएको जिकिर गर्दै आएको जसपाले बैठक बोलाउन आग्रह गरेको हो ।















प्रतिक्रिया