१० कार्तिक २०८३, मंगलबार

पार्टी एकताको लागि युवा दवाव अभियान

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, ८ पुस । पार्टी एकताका हेतु गण्डकी प्रदेश स्तरिय युवा दवाव अभियान यहि पुस १० गते पोखराको सभागृह हलमा कार्यक्रम गरिने भएको छ ।

युवा संघका केन्द्रिय सदस्य देवान गुरुङ्गले नेकपाको फुटले देश नै वर्वादीतर्फ जान लागेको हुदाँ यसको वचाउका लागी युवा दवाव अभियान शुरु गर्न लागेको बताए ।

गण्डकी प्रदेशको हरेक जिल्लावाट युवा सहभागिता सहित जिल्लाको प्रमुख प्रमुख एरियामा कार्यक्रम सहित मोटरसाईकल र्याली गरेर पोखराको सभागृहहलमा कार्यक्रम गरिने युवा समन्वय प्रम्ख देवान गुरुङ्गले बताए ।

पार्टी फुटले जनताको आशामा कुठाराघात गरेको हुदाँ मिलेर अगाडी वढ्नका लागी दवाव दिनका लागी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख गुरुङ्गले भने ।

हजारौ युवाको सक्रियतामा हुने कार्यक्रमले देशको आवश्यकता वोध गरि नेताहरुले पार्टी एकताको लागी काम गर्ने विश्वास लिईएको युवा समन्वय प्रमुख देवान गुरुङ्गले बताए । कार्यक्रमलाई नेकपाका केन्द्रिय स्तरको नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।