शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

दैनिक नेपाल २०७७ पुष ८ गते १३:१९

काठमाडौँ, ८ पुस । ललितपुरमा भएको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

गएराती ललितपुर महानगर–३ स्थित धोविघाटमा प्रदेश–३–०२–२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट २७ वर्षीय गोपिकृष्ण खनालको मृत्यु भएको हो ।

काभ्रे घर भएका खनालको दुर्घटनामा मृत्यु भएको हो ।

मोटरसाइकलका चालक २० वर्षीय आभाष महर्जन भने घाइते भएका प्रहरीले जनाएको छ । उनको स्टार अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित