१० कार्तिक २०८३, मंगलबार

संसद विघटनविरुद्धको रिटमा बहस सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । संघीय संसद विघटनविरुद्धको रिटमा बहस सुरु भएको छ ।

वुधबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस शुरु भएको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै १२ वटा रिट सर्वोच्चमा दायर भएका थिए ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विघटन गरी २०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । यस निर्णयको सत्तारुढ तथा विपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् ।

यस मुद्दामा भइरहेको बहसका विषयमा चौतर्फी रुपमा महत्वका साथ हेरिएको छ । यसले नेपाली राजनीतिमा नयाँ मोड ल्याउन सक्ने आंकलन गरिएको छ ।