शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मेस्सीद्वारा ६ सय ४४ गोल पूरा, पेलेको रेकर्ड तोडियो

दैनिक नेपाल २०७७ पुष ८ गते ९:०४

लण्डन, ८ पुस । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेका छन ।

उनले एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएका हुन ।

मंगलबार राति स्पेनिस ला लिगाअन्तर्गत रियल भालाडोलिडसँगको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका छन् ।

बार्सिलोनाले भालाडोलिडलाई ३–० गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरेका हुन् ।

पेलेले ब्राजिलको सान्तोषबाट १९ सिजन खेल्दा ६४३ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् ।

उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

जितपछि १४ खेलबाट २४ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित