८ कार्तिक २०८३, आइतबार

तनहुँमा हार्ने डरले रामचन्द्रद्वारा निर्वाचनको विरोध, ‘प्रचण्ड–माधव’सँग साँठगाँठ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा चुनाव जित्ने आधार भत्किएपछि चनाव नगारउनेगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको बाटोमा लागेका छन् ।

केही महिनाअघि पार्टी सभापति शेरबहादुर देउवाले नचाहा नचाहँदै पनि पौडेलले रोइकराइ गरेर तनहुँका प्रभावशाली नेता गोविन्दराज जोशीलाई अनुशासनको कारबाही गराएका थिए ।

जोशीलाई कारबाही गरेको विषयमा तनहुँका अधिकांश कार्यकर्ताहरू अहिले पौडेलविरुद्ध छन् ।

पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ मा चुनाव जित्ने आधार नदेखेपछि अहिले उनी पार्टीभित्र चुनावमा जान नहुने एजेण्डा बोकेर हिडेको आरोप छ । पौडेलले केन्द्रीय कार्यसमितिको बैठकमा पनि चुनाव जान नहुने धारणा राखेको एक नेताले बताएका छन् । दुईदिन अगाडि नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पनि वरिष्ठ नेता पौडेलले चुनावमा जान नसिकने धारणा राखेका थिए ।

अन्तर्वार्ताका क्रममा नेता पौडेलले ‘त्यो रमेश लेखक चुनाव लड्ने भए गए भइहाल्यो नि ?’ भनेर रिसाएर पत्रकार धमलालाई जवाफ दिएका थिए ।

पछिल्लो समय तनहुँमा पौडेल निकट अधिकांश कार्यकर्ताहरूले उनलाई छोडेका छन् । एकातिर जोशीलाई कारबाही गरेकोमा कार्यकर्ता रुष्ट छन् । अर्कोतर्फ सधै आफूले मात्रै टिकट लिएर सिण्डिकेट खडा गरेको भन्दै जिल्ला नेताहरू रुष्ट छन् ।

पौडेललाई अघिल्लो चुनावमै कांग्रेसीहरूले नै भोट नदिने प्रतिक्रिया दिएका थिए । ‘सधै तपाईले मात्रै टिकट पाउने ?’ भन्दै यसअघिका चुनावमा पनि पौडेललाई कार्यकर्ताहरूले प्रश्न गर्दैै भोट नहाल्ने घोषणा गरेका थिए । त्यस बेला पौडेलले ‘मेरो यो अन्तिम उम्मेदवारी हो, अब म चुनाव लड्दिन’ भनेर आश्वस्त पारेका थिए ।

अहिले पौडेल जिल्ला गएर चुनाव जित्न सक्ने सम्भावना कम भएपछि उनी चुनावमा जान नहुने अभियानमा लागेका छन् । ‘कांग्रेसका लागि यो चुनावमा जाने उपयुक्त अवसर हो, पौडेलजी चुनावमा जान हुन्न भनेर एकातिर आफै चुनाव लड्न डराएको देखिएको छभने अर्कोतर्फ कुनै शक्ति केन्द्रको मतियार भएको प्रष्ट देखिन्छ’, नाम उल्लेख नगर्ने सर्तमा कांग्रेसका एक केन्द्रीय सदस्यले भनेका छन् ।

पौडेल चुनाव नगराउने र राजनीतिक अस्थिरता भएपछि कुनै पद पाइन्छ की भन्ने प्रचण्ड र नेपालले देखाएको लोभमा अल्मलिएको आरोप कांग्रेसकै नेता कार्यकर्ताको छ ।

नेकपा दुईचिरा भएको अहिलेको अवस्थामा उनीहरू कुनै पनि हालतमा चुनाव नगराउने रणनीतिमा छन् । त्यसलाई बल पुग्नेगरी पौडेलको धारणा आउनु कांग्रेसलाईनै सक्ने अभियानमा लाग्नु सरह हो ।

‘संसदमा अधिवेशन बोलाउन २५ प्रतिशत संख्या समेत नभएको संसद विघटन भएर कांग्रेसलाई के घाटा लाग्यो ? पौडेलले जफाव दिन सक्छन् ? कांग्रेसलाई नेकपा फुटेको अवस्थामा चुनावमा जानु भनेको सबैतिर जितनै जित हो’, ती केन्द्रीय सदस्यले भने, ‘यस्तो अवसरमा चुनाव गर्नु हुन्न भनेर पौडेलले अभियाननै शुरु गर्नु भनेको मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कुनै शक्तिकेन्द्रको एजेन्ट भएको पुष्टि गर्छ ।’

पौडेलले यसअघि पनि पार्टीमा सल्लाहनै नगरी नेकपा आन्तरिक विवादमा परेका बेला प्रचण्ड र नेपालसँग गोप्य भेट गरेका थिए । ‘पौडेलले सभापतिलाई जानकारी समेत नदिई आन्तरिक कलहमा रहेका बेला प्रचण्ड र नेपाललाई भेटेर शक्ति केन्द्रको आदेश पालना गरेका हुन्’, एक भारतका लागि नेपाली पूर्वराजदूतले भने, ‘उहाँको भूमिका शंकास्पद छ, पार्टीले नियन्त्रणमा राख्नु पर्छ ।’