
काठमाडौं, ७ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यवाहारतः विभाजन भएको छ।
नेकपाको विभाजन भन्दा पनि अहिलेको समीकरणिय गणितलाई विश्लेषण गर्दा तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा अध्यक्ष पदमा पराजित तत्कालि एमालेका नेता माधव नेपाल नेतृत्वमा विभाजन गरिदिएका छन्।
नेकपाको पहिलो अध्यक्ष रहेका केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद र पार्टी अध्यक्षको जिम्मेवारीमा निरन्तर घेराबन्दी गरी विवादीत बनाउने काममा प्रचण्डको सक्रियता रहेको थियो। प्रचण्डको उक्त रणनीतिको अचानोमा नेपाल, झलनाथ खनाललगायतले संगठित पार्टीलाई विभाजनमा लगी देशैभरी मुठभेड हुने अवस्थामा पुराएको बताइएको छ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कारबाही गरेको भनी संयुक्त अध्यक्ष पदका लागि नेपाललाई अनुमोदन गरिएको छ। नेपालले एमालेमा हारेको पराजयको स्वाद नेकपामा साझेदारी अध्यक्षका रुपमा लिनका लागि संगठनको बलिदान दिएको कतिपयको बुझाई छ।
तत्कालिन माओवादीका कर्नरमा राखिएका नेताहरूले मात्र प्रचण्डको साथ छाडेका छन्। बाँकी माओवादीका सबै नेता कार्यकर्ता प्रचण्डको पक्षमा लागेका छन् भने नेपाल–खनालले एमालेको एउटा सिंगो हिस्सा नै प्रचण्डलाई ‘किस्ती’मा राखेर बुझाएको विश्लेषण गरिएको छ।
‘व्यवस्थाभित्र भएका घटना पार्टीमा ओलीलाई सिध्याउने रणनीतिको प्रभावका रुपमा देखिएको छ। खासमा पार्टीमा पहिलो अध्यक्ष बन्ने प्रचण्डको रणनीतिका आधारमा यी सबै परिघटना भएका थिए’, पुराना कम्युनिस्ट नेताहरू भन्छन्,‘पद र लोभका लागि लालची व्यक्ति नेपाल हुन् भन्ने बुझेपछि प्रचण्डले सोही पंक्तिलाई लोभममा फँसाए।’
नेकपामा ओलीलाई कारबाही गरेपछि नेपाललाई एकल अध्यक्ष दिने लोभ प्रचण्डले देखाएका थिए। तर संयुक्त अध्यक्षमात्र नभएर दोस्रो नम्बरको अध्यक्षका रुपमा उनले उपयोग गरे।















प्रतिक्रिया