
काठमाडौं, ७ पुस । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा ‘केन्द्रीय कमिटी’ बैठक बबरमहलस्थित कार्की बैंकेटमा शुरू भएको छ ।
बैठकमा ओलीसँग असन्तुष्ट बनेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुको सहभागिता छ ।
यो उनीहरुको समानान्तर बैठक हो । यसअघि नेकपा केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सम्पन्न भइसकेको छ ।
सो बैठकले केन्द्रीय कमिटी विस्तार, महाधिवेशनको नयाँ मिति तयलगायत विषयमा महत्वपूर्ण निर्णयहरु गरिसकेको छ ।
समानान्तर बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने र पार्टी अध्यक्षमा माधवकुमार नेपाललाई प्रस्ताव गर्ने तयारी छ ।















प्रतिक्रिया