२ कार्तिक २०८३, सोमबार

नेकपा केन्द्रीय समिति पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता, बैधानिक भएको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ताका लागि पठाइएको छ।

बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय समितिको पुनर्गठनको पत्र दर्ताका लागि पठाएको हो।

बैठकले ११ सय ९९ सदस्यीय निर्वाचन आयोजक समिति गठन गर्दै ५५६ जना केन्द्रीय सदस्य थपेको थियो। १७९ जना भने पछि थप्ने भएको छ। प्रवक्ताको जिम्मेवारीमा परराष्ट्रमन्त्री समेत रहेका प्रदिप ज्ञवालीलाई नियुक्ति दिइएको छ।

प्रवक्ता ज्ञवालीले अध्यक्ष र महासचिव अनि माइन्युटसमेत बैठकले गर्नुपर्ने भएकाले यहि नै बैधानिक भएको दाबी गरे।