
सुनसरी, ७ पुस । धरान उपमहानगरपालिका १५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया