बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रिमियर लिगमा चेल्सी र बर्नली विजयी

दैनिक नेपाल २०७७ पुष ७ गते ९:५०

लण्डन, ७ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो ।

जितसँगै १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौं स्थानमा पुगेको छ । चेल्सीका लागि थिएगो सिल्भाले एक र ट्यामी अब्राहमले दुई गोल गरेका थिए । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौं स्थानमा छ ।

अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ । इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित