१० कार्तिक २०८३, मंगलबार

ओली निकट युवाले नेकपा लमजुङकी अध्यक्षलाई कार्यालयमै थुने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थीहरुले नेकपा लमजुङकी अध्यक्ष मधुमाया अधिकारीलाई कार्यालयमै थुनेका छन् ।

एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै उनीहरुले अध्यक्ष अधिकारीलाई २ घण्टा कार्यालयमै थुनिदिएका हुन् ।

अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । उनीहरुले बेसीशहरस्थित पार्टी कार्यालयको अध्यक्ष र सचिवको कार्यालयमा ताला समेत लगाएका छन् ।

सोमबार कार्यकक्षमा बसिरहेकी अधिकारीलाई एमालेले बनाएको भवनमा बस्न पाइदैन भन्दै नाराबाजी गर्दै युवा तथा विद्यार्थीहरुले कार्यालयमै थुनेका थिए ।

अध्यक्ष अधिकारीले आफूलाई थुनेको बताएकी छन् । तर युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको जिकिर गरेका छन् ।