१० कार्तिक २०८३, मंगलबार

रौतहटबाट ४४ लाख बढी ठगेको आरोपमा एक पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ६ पुस । प्रहरीले रौतहटको हर्शहाबाट ४४ लाख बढी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सोमबार रौतहटको वृन्दावन नगरपालिकाको वडा नं. ७ हर्शहाबाट प्रहरीले २८ वर्षीय अनिल कुमार पटेललाई पक्राउ गरेको हो ।

पटेलले ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

ओम्नी अटोमोबाईल प्रालि चन्द्रनिगाहपुरको सोरुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७५ साउन १ देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भन्नि बुझेको र कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई ठगी गरेको भन्ने उजुरी अनुसार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पटेललाई अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान गर्न लागेको प्रहरीले जनाएको छ ।