३ कार्तिक २०८३, मंगलबार

पार्टीको आन्दोलन र भविष्य जोगाउन भारी मनका साथ विघटनको निर्णय गरें : प्रधानमन्त्री

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन र नेकपाको भविष्य जोगाउनका लागि भारी मनका साथ संसद विघटनको निर्णय गर्न परेको बताएका छन् ।

सोमबार आफूनिकटका निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु परेको स्पष्ट पारेका हुन् ।

‘संसद् विघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु पर्यो’, ओलीले भने ।

पार्टी एकीकरणको स्प्रिटविरुद्ध प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरु लागेर सरकारको हरेक काममा तगारो बनेको जिकिर गर्दै ओलीले भेलामा भने, ‘हामी एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तव्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरुपयोग गरेर पछाडि फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो ।’

विचार, संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको ओलीको दाबी छ ।

जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको ओलीको भनाइ छ ।

जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृतिम न्यारेटिभ खडा गर्ने प्रयास भएकोमा उनले दुःख व्यक्त पनि गरेका छन् ।