३ कार्तिक २०८३, मंगलबार

नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलबीच भेट

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सांसदहरुको भेलामा अनुपस्थित भएका गृहमन्त्री रामबहादुर थापासँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

अध्यक्ष प्रचण्ड थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए । पूर्व माओवादी पार्टीको तर्फबाट प्रचण्डले नेकपाको सचिवालय सदस्य बनाएका थापा पछिल्लो दिनमा ओली निकट भएर प्रस्तुत हुँदै आएका छन् । तर, सोमबार प्रधानमन्त्रीले बोलाएको भेलामा उपस्थित नभएपछि उनी कता खुल्ने हुन् भन्ने चासोको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा ७ जना मन्त्रीले राजीनामा दिए पनि गृहमन्त्री थापा भने प्रधानमन्त्रीले बोलाएको चारवटै सुरक्षा निकायको बैठकमा सहभागी भएका थिए ।