आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आइतबार स्थिर रहेको सुनको मूल आज ९०० रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

दैनिक नेपाल २०७७ पुष ६ गते ११:५१

काठमाडौं, ६ पुस । साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको मूल्य वृद्धि भएको छ ।

आइतबार स्थिर रहेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेको हो । सोमबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर ९५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित