२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिगमा आत्मघाती गोलसँगै लेस्टर सिटीलाई जित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ ।

आइतबार राति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २(० गोल अन्तरले पराजित गरेको हो । टोटेनह्याम हट्सपरका टोबी एन्डेविरेल्ड आत्मघाती गोल गरेका थिए ।

जितसँगै लेस्टरसिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको २७ अंक छ भने पहिले स्थानमा रहेको लिभरपुल ३१ अंकसहित पहिलो स्थानमा छ ।

टोटेनह्याम हट्सपर भने २६ अंकसहित तालिकाका्े पाँचौ स्थानमा छन । प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स् युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ ।

म्यानचेस्टर यनाइटेडले लिड्स युनाइटेडलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । जितपछि म्यानचेस्टर युनाइटेड २६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लिड्स भने १७ अंक जोडेर १४ औं स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा एस्टोन भिल्लाले वेस्ट ब्रोमलाई ३–० गोल अन्तरले पराजित गरेको छ भने ब्राइटन र सेफिल्ड युनाइेडले एक–एक गोलको बराबरी खेलेका छन् ।