
काठमाडौं, ६ पुस । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ ।
साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएको पछिल्लो संख्यासँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ३३० जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ लाख ५ हजार १५ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।















प्रतिक्रिया