१० कार्तिक २०८३, मंगलबार

संसद विघटनको संयुक्त प्रतिवाद गर्दै फिर्ता गराउने तीन दलको सहमति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध तीन दलले संयुक्त प्रतिवाद गर्ने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति भएको हो ।

आइतबार साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको तीन दलका नेताहरुको बैठकले सरकारको संसद विघटन गर्ने कार्यको प्रतिवाद गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकाले प्रतिवाद गरी फिर्ता गराउने उनीहरुबीच सहमति भएको हो ।