![]()
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
संसद विघटन गर्नु अघि नै नेकपाका सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका थिए ।
प्रधानमन्त्री ओलीविरुद्धको लगिएको प्रस्तावमा भावी प्रधानमन्त्रीका रुपमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम राखिएको थियाे ।
अविश्वासको प्रस्तावमा पहिला दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका थिए ।
यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् ।















प्रतिक्रिया