१० कार्तिक २०८३, मंगलबार

संसद विघटनको कदमविरुद्ध कानुनी उपचार खोज्ने नेकपा स्थायी कमिटीको निर्णय

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ५ पुस । नेकपा स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको निष्कर्ष निकालेको छ ।

बैठकले प्रधानमन्त्री ओलीको कदमको कडा आलोचना गरेको छ । प्रधानमन्त्री ओली बिनै बालुवाटारमा बसेको स्थायी समिति बैठकले ओलीले संसद विघटन गरेको प्रति विरोध गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको जनाए ।

त्यस्तै, प्रधानमन्त्रीविरुद्ध अनुशासनको कारवाही गरिने प्रस्ताव स्थायी कमिटीमा लगिने निर्णय भएको बताइएको छ । जसका लागि पुस ७ गते स्थायी समिति बैठक बोलाइएको छ ।

आजको बैठकले संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमा प्रहार गरेको बैठकले ठहर गरेको छ ।

यस्तै, राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ ।