
कठमाडौं, ५ पुस । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय (त्रिवि), परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच भएको सम्झौता नवीकरण भएको छ ।
नवीकरण सम्झौतामा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आईएमई बैंकका कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुरुप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिविअन्र्तगत काक्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न सक्ने छन् ।
त्रिविका विद्यार्थीहरुको सम्पूर्ण कारोबार ग्लोबल आईएमई बैंकको बल्खुस्थित काउन्टरलगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न मिल्ने छ । यसका साथै उक्त काउन्टरबाट पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मालिने/दिनेलगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा पनि उपलब्ध हुने बताइएको छ ।
विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीतिअनुरु पग्लोबल आईएमई बैंकले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।















प्रतिक्रिया